जापानमा विदेशीको लागि सहायताTaxRefund PG&CO. You may apply for a tax refund if you are giving financial support to your family in your home country


सेवाहरु

भरोसा, विश्वसनीयता, अनुभव.

हामी धरै वर्षको अनुभव र धेरै ग्राहकहरुसंग काम गर्दै आएका छौँ । ग्राहकहरुको कर फिर्तीको लागि अनुभब प्राप्त कर लेखापालहरु हामीसंग अनुबन्धित हुनुहुन्छ । एकचोटी हामीसंग काम गर्नु भएका ग्राहकहरु दोहोर्याएर काम गर्दै आउनु भएको छ । हाम्रो कम्पनीको सफलता भनेकोनै हामीले प्रदान गर्ने सेवाहरु र उचित शुल्क दरनै हो । जसको कारणले हाम्रो कम्पनी यो क्षेत्रको अग्रपंक्ति कम्पनीमा रहदै आएको छ ।

हाम्रो कम्पनी तपाईको कर फिर्तीको लागि आवश्यक पर्ने जापानी कागजात, कर फिर्तीको प्रक्रिया र उपयुक्त अनुवाद गर्नमा सहयोग गर्नेछ ।

विशेष सेवाहरु

PG&COकम्पनीका वित्तीय योजनाकार र कर एजेन्टले तपाईसंग कर फिर्तीको बारे जानकारी र छलफल गरि कम्पनीसंग अनुबन्धित कर लेखापाल मार्फत कर फिर्तीको लागि निवेदन दिइनेछ । हाम्रो कम्पनी तपाईको कर फिर्तीको लागि आवश्यक पर्ने कागजातको लागि सल्लाहको साथसाथै व्याख्या र अनुवाद गर्न सहयोग गर्नेछ ।

कर फिर्ती सेवा संगसंगै जापानको बसाईसंगै आइपर्ने समस्याहरु भिषा, काम तथा पारिवारिक समस्याको लागि हामी संग परामर्श गरि उचित सेवा लिन सक्नुहुनेछ ।

यदि तपाई जापानमा अस्थाईरुपमा काम गर्दै हुनुहुन्छ अथवा केहि वर्ष काम गरेर घर फर्कदैहुनुहुन्छ भने, हामी तपाईले तिरेको कर फिर्तीको लागि कर लेखापाल मार्फत कर फिर्ती आवेदनको लागि सहयोग गर्नेछौं । यसको मतलब तपाईले ढुक्क साथ कर फिर्तीको लागि हामी मार्फत काम गर्न सक्नुहुनेछ । हाम्रो कम्पनी तपाईको कर फिर्तीको लागि आवश्यक पर्ने जापानी कागजात, कर फिर्तीको प्रक्रिया र अनुवाद गर्न सहयोग गर्नेछ ।

देश फर्कनुहुने जापानमा काम गर्नु भएका विदेशी कामदारहरुको लागि कर फिर्ती आवेदनको लागि जिम्मेवारी पूर्वक प्रक्रियाहरु व्यवस्था गर्नेछौं ।

उपयुक्त दरहरु

सामुहिक आवेदन र रिपिटर ग्राहकको लागि विशेष छूट ।
बिस्तृत जानकारीको लागि (शुल्कको विवरण)
फिर्ती हुने रकमको अनुमान सम्म कुनै शुल्क लाग्ने छैन ।
हाम्रो कम्पनी बारे साथीभाईलाई परिचय गराउने ग्राहकलाई विशेष उपहारको व्यवस्था गर्नेछौँ ।

03-5453-6931 03-5453-6931